काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ ।
सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । केहि दिनअघि मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका थिए ।
मन्त्री किराँती कसैको प्रवक्ता जस्तो बनेर दिएको अभिव्यक्तिको प्रदर्शनकारीले विरोध गरेका थिए । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।
मन्त्री किराँतीले नेपालमा “क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी” भएको र संविधान नमान्नेहरू “देशद्रोही” हुने भन्दै उनीहरूलाई “जेल हाल्नुपर्ने” अभिव्यक्ति दिएका थिए ।


प्रतिक्रिया