काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन दलका नेताहरू बालुवाटारमा भेला भएका छन् ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भेला भएका हुन् ।
बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानूनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरु सहभागी छन् ।
हिजो पनि तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको थियो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट यसलाई टुंग्याउने तयारी गरेको छ ।


प्रतिक्रिया