कम्युनिष्टलाई धुलोपिठो बनाउने योजना हुँदैछ, वाम एकताको पहल गरौं : झलनाथ खनाल

कम्युनिष्टलाई धुलोपिठो बनाउने योजना हुँदैछ, वाम एकताको पहल गरौं : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकताको पहल गरेर नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका छन् ।

आजबाट सुरु भएको सातौं केन्द्रिय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पश्चिमा शक्तिले नेपालको कम्युनिष्टहरुलाई सिध्याउने योजना बुनिरहेको बताए । ‘साम्राज्यवादी शक्ति नेपालको कम्युनिष्ट सिध्याउन लागेका छन् । वामपन्थीहरुलाई मिल्न नदिने र आउने चुनावमै ढिलोपिठो बनाउने योजना हुँदैछ’ खनालले भने ।

नेता खनालले पार्टीमा ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । उनले नवौँ महाविधेशनमा ७० वर्षे उमेरहद राखिएपनि तलका नेता जन्माउन नसकिएको बताए । “उमेरहद हिजो नवौँ महाधिवेशनमा ७० वर्ष भनेर राखेका थियौं । उमेरहद त राख्यौं तर उमेरहदभन्दा तलतिरका नेता जन्माउन सकेनौं । त्यो दुखद् कुरा छ,” उनले भने, “यसको सन्दर्भ नै देखिँदैन । लागु पनि गरिएन, केही गरिएन ।”

महाधिवेशनमा युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने खनालको भनाइ थियो । ४० प्रतिशत युवाहरू राख्ने विषय आएको बैठकलाई जानकारी दिए ।