सन्दीप लामिछानेविरुद्धको मुद्दा भोलि टुङ्ग्याउने तयारी

सन्दीप लामिछानेविरुद्धको मुद्दा भोलि टुङ्ग्याउने तयारी



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो ।

वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।