सर्लाही । सर्लाहीको मलंगवा मिटरब्याज संघर्ष समिति र प्रहरीबीच झडप भएको छ । मिटरब्याज पीडितले आज बिहीवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि झडप भएको हो ।
प्रहरीले आफूहरूको गुनासो नसुनी जिल्ला प्रशासन कार्यालय परिसरबाटै संघर्ष समितिका सदस्य फतमा खातुनलाई पक्राउ गरेको समितिले जनाएको छ । प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
मिटरब्याजमा ऋण लगाउने व्यक्ति र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत सर्लाहीबाट केही महिनाअघि पक्राउ पुर्जी जारी भएपछि खातुन फरार रहेका थिए । उनलाई आज पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पंजियारले जानकारी दिए ।
प्रतिक्रिया