काठमाडौं । हिजो शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जना युवकको परिवारले सरकारले राहत दिने तयारी गरेको छ । शुक्रबार भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।
राहतबारे निर्णय गर्न शनिबार दुई बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन ।
यसअघि आज बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँग घटनाबारे ब्रिफिङ लिएका थिए । सो बैठकमा मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने विषयमा छलफलसमेत भएको उनले जानकारी दिएका छन ।


प्रतिक्रिया