धोती दिवस मनाउन खोज्ने सिके राउतसहित पक्राउ

धोती दिवस मनाउन खोज्ने सिके राउतसहित पक्राउ


ग्लोब नेपाल
135
Shares

काठमाडौं । धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलबाट माईतिघरतर्फ जाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।

‘धोती दिवस मनाउन माइतीघर जान लाग्दा आर्ट काउन्सिलबाट अध्यक्षसहित हामीलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लब ल्याएको छ’, थुनामा रहेका साहले भने, ‘यहाँ ७३ जना छौं, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।’ मधेसी समुदायले अंग्रेजी नयाँ बर्षमा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।