परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा आह्वान माग गरिएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा आह्वान माग गरेको हो ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली नागरिकले माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ । मन्त्रालयले अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक योग्यता तोकेको छ ।

जसमा पैँसट्ठी वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ‚स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा दस वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको, उच्च व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।