प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको छ’, आचार्यको भनाइ छ ।

यसअघि आचार्यले आफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । उनले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको दाबी गर्दै आएका छन् ।