नेपाल–भारत संयुक्त आयोगको बैठक जारी

नेपाल–भारत संयुक्त आयोगको बैठक जारी



काठमाडौँ । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक जारी छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार दिउँसाे जारी बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन् ।

तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार, आपसी सीमा समस्या, हवाई रूट, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन, सन् १९५० को सन्धि पुनरावलोकनलगायतलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकपछि १३२ केभीएका तीनवटा प्रसारण लाईनको दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो ।

सिंहदरबारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका उर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए ।

नेपाल र भारतबीच भारतले नेपाललाई दिंदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुँदैछ ।

भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउन गरेको प्रस्तावमा नेपालले सहमति जनाएको छ।