पृथ्वी जयन्तीको अवसरमा राप्रपा घटकको अलग-अलग चियापान

पृथ्वी जयन्तीको अवसरमा राप्रपा घटकको अलग-अलग चियापान


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आज छुटाछुटै चियापान कार्यक्रमको आयोजना गरेका छन् । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा र राप्रपा नेपालले अलग अलग चियापान कार्यक्रमको आयोजना गरेका हुन ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले अपरान्ह १ बजेदेखी भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरवार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।