माघको तेस्रो साता हिउँदे अधिवेशन

माघको तेस्रो साता हिउँदे अधिवेशन


ग्लोब नेपाल
432
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी रहेको बताएकी छन् ।

शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने गरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी भइरहेको बताएकी हुन् ।

गत कार्तिक १६ गते बजेट अधिवेशन अन्त्य भएको थियो ।