काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार फाल्न जरूरी भइसकेकाले आन्दोलनका लागि तयार रहन पार्टीका नेता तथा कार्यकता लाई निर्देशन गरेका छन् ।
‘के मनमा राख्नूस् भने, तिमी छौ र पो म बाँचेको छु भन्ने एउटा गीत छ नि, देश छ र पो हामी छौं त नेपाल छ र पो हामी छौं त’
आज (बिहीबार) एमाले मुख्यालय च्यासमा एमाले निकट खेलकुद महासंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पार्टीले सिट्ठी फुक्नेबित्तिकै आन्दोलनमा उत्रन मानसिकरूपमा तम्तयार रहन आग्रह गरेका छन । उनले तीन दिनकै तयारीमा राष्ट्रिय आन्दोलनको तयारी गर्नुपर्ने हुनसक्ने बताएका छन ।
अध्यक्ष ओलीले भने, ‘के मनमा राख्नूस् भने, तिमी छौ र पो म बाँचेको छु भन्ने एउटा गीत छ नि, देश छ र पो हामी छौं त नेपाल छ र पो हामी छौं त, नेपाल जोगाउन हामी परी आउँदा हरेक मूल्यमा हामी अगाडि बढ्दैनौं !, ‘त्यसकारण हामीले आफूलाई आन्दोलनका निम्ति तयार राख्नुपर्छ।
पार्टीले जतिबेला सिट्ठी बजाउँछ, खेलाडीहरू छरिएको हुनसक्छ, सुइयँ सिट्ठी बजाएपछि लाइनमा बस्छ, हामी त्यस्तै हो। पार्टीले आन्दोलनको सिट्ठी बजायो भने आन्दोलनको मैदानमा दौडने गरी, हामीलाई धेरै दिनको तयारी नहुनसक्छ, छोटो तीन दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनको तयारीमा उत्रनुपर्ने हुन सक्छ, यो मानसिकताका साथ जान जरूरी छ।’
उनले गठबन्धन सरकारले जस्तोसुकै हमला गर्न सक्ने उनले बताए। जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको बताउँदै त्यसका लागि पनि तयार रहन निर्देशन दिएका छन ।
उनले थपे, ‘अहिले एउटा निर्णायक लडाइँ हामी लडिरहेका छौं, उनीहरू आतंकित किन छन् भने एक्लै त कोही लड्न सक्दैन, हामी एक्लै ८० सिट ल्याउँछौं। उनीहरू एक्लै भए भने २०, ३०, ४० सिट पुर्याउने कोही हुँदैन। समानुपातिकको भोट नहुने हो भने यिनीहरूको बेहाल हुन्छ, हामीसँग एक्लै लड्ने हो भने। त्यसैअनुसारको मानसिक तयारीमा रहन आग्रह गर्छु,’ उनले भने।


प्रतिक्रिया