शनिबार सिंहदरबारभित्र लोडसेडिङ हुने

शनिबार सिंहदरबारभित्र लोडसेडिङ हुने



काठमाडौं । भोलि शनिबार मुलुकको प्रमुख प्रशानिक केन्द्र सिंहदरबारमा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै बिहान १० बजेबाट दिउँसो २ बजेसम्म लोडसेडिङ हुने जानकारी दिएको छ ।

सिंहदरबारभित्र बन्दै गरेको संसद भवनअगाडिको पोल सार्ने तथा स्मार्ट मिटर जडान गर्नुपर्ने भएकाले सो अवधिमा विद्युत् आपूर्ति नहुने प्राधिकरणले जनाएको छ ।