काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेशबाट दुई जना सदस्य निर्वाचित हुँदैछन् । चुनावी मैदानमा ५ जना उम्मेद्वार मैदानमा छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीकी पूजा चौधरी र कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा एमालेले उषादेवी थरुनी र कुमारीविजेता झालाई उम्मेदवार बनाएको छ । सीके राउतको जनमत पार्टीले रामशंकर महासेठलाई उम्मेदवार बनाएको छ ।
मधेस प्रदेशमा १ सय ७ प्रदेश सांसदको ५ हजार ६ सय ७१ मत र स्थानीय तहका २ सय ७२ जनप्रतिनिधिको ५ हजार १ सय ६८ गरी कूल मतभार १० हजार ८ सय ३९ छ । यसमध्ये सत्ता गठबन्धनसँग ७ हजार ९ सय ९९ मत देखिन्छ । गठबन्धनइतरसँग २ हजार ८ सय ४० मतभार छ ।
कांग्रेससँग ३ हजार १ सय ४, जनता समाजवादी पार्टीको १ हजार ८ सय १७, माओवादीको ७ सय ६६ र नेकपा एसको ५ सय ८० मतभार रहेको छ । गठबन्धनलाई टक्कर दिन एमालेसँग कुल २ हजार ३ सय २ मतभार छ ।
जनतम पार्टीको (७४६), लोकतान्त्रिक समाजवादी पार्टी (९३३), नागरिक उन्मुक्ति पार्टी (५३), राप्रपाको (५३), संघीय समाजवादीको (५३), तमलोपाको (५३) विवेकशील साझा पार्टीसँग (३८) र स्वतन्त्र ३ सय ७५ मतभार रहेको छ । यी दल सत्ता गठबन्धनमा आबद्ध रहे पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा सन्तुष्ट छैनन । त्यसो त गठबन्धन नै छाड्ने धम्की नेकपा एसले पनि दिइरहेको छ ।
नेपाली कांग्रेसको नीतिविपरित ०४८ सालदेखि नै सेवा सुविधा खाइपाइ आएका व्यक्तिलाई उम्मेदवार बनाउँदा मधेश कांग्रेसप्रति आक्रोसित छ । लोकतन्त्र ल्याउन ज्यान आहुती दिनेका सहिद परिवार मधेशमा छन्, उनीहरुले कहिलै अवसर नपाउने ?
मधेश प्रदेशमा सत्ता गठबन्धनसँग मधेशका ९ वटा राजनीतिक दल असन्तुष्ट छन् । उनीहरुको कूल मतभार २ हजार ८ सय ८४ पुग्छ । यसमा एमाले मिसियो भने गठबन्धनको उम्मेदवारलाई कडा चुनौति दिन सक्छ । यी दुईको मतभार जोड्दा ५ हजार १ सय ८६ हुन आउँछ । यी दलहरुबीच एकजना एमाले र एकजना जनमतको उम्मेदवारलाई जिताउने सहमति बन्यो भने गठबन्धनका उम्मेदवार अप्ठ्यारोमा पर्न सक्ने विश्लेषण गरिएको छ ।
एकजना पहाडेमूलका आनन्दप्रसाद ढुंगानालाई गठबन्धनले उम्मेदवार बनाएको छ । मधेशलाई पार्टीको आधारभूमि ठान्ने कांग्रेसले पहाडेमूलको उम्मेदवार बनाएको छ । यो परिवेशमा मधेशलाई कांग्रेसले न्याय गर्न सकेन भनेर चर्को आलोचना भइरहेको छ । पार्टी नेतृत्वलाई सबक सिकाउने यो उपयुक्त अवसर हो भन्ने उनीहरुको ठहर छ ।
ढुंगाना पहाडे मूलका भए पनि उनी मधेशकै कांग्रेस नेता हुन् । यद्यपि मधेशीमुलका धेरै नेताले अवसर नपाएको गुनासो उनीहरुको छ । जनकपुरका सञ्चारकर्मी रामभरत साहका अनुसार नेपाली कांग्रेसको नीतिविपरित ०४८ सालदेखि नै सेवा सुविधा खाइपाइ आएका व्यक्तिलाई उम्मेदवार बनाउँदा मधेश कांग्रेसप्रति आक्रोसित छ । लोकतन्त्र ल्याउन ज्यान आहुती दिनेका सहिद परिवार मधेशमा छन्, उनीहरुले कहिलै अवसर नपाउने ? भन्दै सञ्चारकर्मी साहले भने, ‘पार्टीले गरेको यो गल्तीको परिणाम यो निर्वाचनमा देखिने छ ।’
सम्भवतः जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका महासेठले उम्मेदवारी झिक्ने सम्भावना बलियो छ । समाचारस्रोतका अनुसार एमालेका दुई उम्मेदवार र जसपाकी पूजा चौधरीबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया