काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिदै नेपाललाई फिल्डिङ को निम्तो दिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।
नेपालले पछिल्लो खेलमा पाकिस्तानबाट दुर्गेश गुप्ता र उत्तमथापा मगरलाई बेञ्चमा राखेको छ । तिलक लेगस्पिनर हुन् । दीपक फिनिसर हुन् ।
दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा तय गर्नेछ ।
चार टोली रहेको समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने भएकाले नेपालको सम्भावना कायमै छ । नेपाल नेटरनरेट आधारमा अफगानिस्तानभन्दा अगाडि रहँदै तेस्रोमा छ ।
नेपाललाई अफगानिस्तानसँगको खेल बराबरीले पनि पुग्नेछ । पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित नेपाल दोस्रो खेलमा बुधबार पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दीपक बोहरा, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, तिलक राज भण्डारी, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।
प्रतिक्रिया