नेपालको शानदार सुरुवात, अफगानिस्तानका शीर्ष तीन ब्याटर ६ ओभरमै आउट

नेपालको शानदार सुरुवात, अफगानिस्तानका शीर्ष तीन ब्याटर ६ ओभरमै आउट



काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले तीन विकेट लिइसकेको छ । नेपालले अफगानिस्तानका शीर्ष तीन ब्याटरलाई आउट गरिसकेको छ ।

नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गर्‍यो ।

नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए ।

दोस्रो ओभरमा आकास चन्दले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए । यस्तै आकासले अफगानिस्तानका ओपनर जाम्शिद जार्द्रानलाई ३ रन बनाएर खेलिरहदा ५.५ ‌ओभरमा बोल्ड गरे । त्यतिबेला अफगानिस्तानले ३ विकेटको क्षतिमा १७ रन जोडेको थियो ।

सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ ।