काठमाडौं । रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको छ ।
गम्भीर घाइते हुनेमा दैलेखका कृष्णबहादुर वली हुन्। उनको शरीरमा ६ राउण्ड गोली लागेको पाइएको छ । समाचार स्रोतले भन्यो, ‘वलीको खुट्टामा ४ राउण्ड र हातमा २ राउण्ड गरी जम्मा ६ राउण्ड गोली लागेको छ।’
वलीको अहिले टिचिङ अस्पतालस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ। ‘अहिले उहाँलाई आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छौँ,’ अस्पताल स्रोतले भन्यो।


प्रतिक्रिया