डिएसपीसहित ४ प्रहरीलाई कारबाहीकाे सिफारिस

डिएसपीसहित ४ प्रहरीलाई कारबाहीकाे सिफारिस

एयरपोर्टमा कर्मचारी र प्रहरी कुटाकुट घटना


ग्लोब नेपाल
378
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डिएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस भएका छन । कारबाही सिफारिस पर्नेहरुमा प्रहरी जवानदेखि डीएसपीसम्मका कर्मचारी रहेका छन् ।

कारबाहीका लागि सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो रहेको छानबिन समितिका एक सदस्यले जानकारी दिएका छन् । डीएसपीको कमाण्डमा खटिएका उनीहरुले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै डिएसपी पोखरेललाई सचेत गराउन भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

आफू मातहतका कर्मचारीलाई आफ्नो जिम्मेवारीमा राम्रोसँग परिचालन गर्न नसकेको भन्दै पोखरेललाई सचेतका लागि सिफारिस गरिएको समितिका एक सदस्यले जानकारी दिएका छन । त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई भने निलम्बनका लागि सिफारिस गरिएको छानमिन समितिका एक सदस्यले जानकारी दिएका छन् ।

शरीर खानतलासी गर्न नदिएको अवस्थामा पक्राउ गरेर कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा कुटपिटमै उत्रिएको भन्दै असई तामाङलाई निलम्बनका लागि सिफारिसर गरिएको समिति स्रोतले जानकारी दिएको छ ।