शान्ति मिसनमा लेबनानमा खटिएका एक नेपाली सेनाको मृत्यु

शान्ति मिसनमा लेबनानमा खटिएका एक नेपाली सेनाको मृत्यु



काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यका लागि लेबनानस्थित युनिफिल मिसनमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

मृत्य हुनेमा पुरानो गोरख गण ६४औँ डफ्फामा कार्यरत सिपाही सुवाश थापा रहेका छन् । उनको माघ १८ गते मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका अनुसार थापा दोलखा निवासी हुन् ।

थापा उक्त गण मुख्यालयको बङ्करमा स्ट्यान्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेका थिए ।

गण मुख्यालयमा रहेको युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको त्यहीँ निधन भएको थियो ।सुवाशको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।