काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा तत्कालीन सञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ ।
विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ ।
गत माघ ७ गते भएको फैसलाबाट सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रतिवादीहरू इच्छाराज तामाङ, निजकी पत्नी सिर्जना शाक्य र सिभिल सहकारीका पछिल्ला सञ्चालक केशवलाल श्रेष्ठ दोषी ठहर भएपछि आइतबार कसुर निर्धारणको मिति तोकिएको थियो ।
तामाङकी श्रीमती श्रीजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ ।
केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ ।


प्रतिक्रिया