विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दुवैजना गत १० माघमा पक्राउ परेका थिए ।

यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिल माथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन् ।