माओवादीले घाँटी रेटेर मान्छे मार्याे : ज्ञानेन्द्र शाही

माओवादीले घाँटी रेटेर मान्छे मार्याे : ज्ञानेन्द्र शाही



काठमाडौं । राप्रपा सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै माओवादीले घाँटी रेटेर मान्छे मारेकाे बताएका छन् ।

उनले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधान पल्टाएर जवाफ दिएका थिए । उनले संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए ।

शाहीले माओवादीलाई लक्षित गर्दै हत्या हिंसा गरेर आएको होइन भनेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे उठेर नियमापत्ति गर्दै ती शब्द आपत्तिजनक रहेकबो बताए ।

तर, पाण्डेलाई काउन्टर गर्दै कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताए । उनले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा आएर बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीको पक्ष लिएका थिए ।

सत्तापक्षकै सांसद आफ्नो विपक्षमा उभिएपछि पाण्डे आफ्नो स्थानमा बसेका थिए । त्यसपछि पनि ज्ञानेन्द्र शाहीले लगातार माओवादीप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् ।