नयाँ गठबन्धनमा राप्रपालाई नल्याउने

नयाँ गठबन्धनमा राप्रपालाई नल्याउने



काठमाडौं । माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने भएको छ । दुबै दलका नेताहरुले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।