काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निमन्त्रणमा अध्यक्ष ठाकुर र नेता शरतसिंह भण्डारी उनलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका हुन् ।
भण्डारी अघिल्लो सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । मन्त्रीकै हैसियतमा विदेशमा रहेका बेला उनलाई प्रधानमन्त्रीले पदबाट हटाएका थिए ।
भेटमा प्रधानमन्त्रीले सत्ता गठबन्धन र सरकारमा सामेल हुन आग्रह गरेका थिए । अध्यक्ष ठाकुरले पार्टीमा छलफलपछि जवाफ दिने प्रधानमन्त्रीलाई बताएका छन् ।


प्रतिक्रिया