काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी बालिका सालिन पोखरेलको कोठामा भेटिएको ‘सुसाइड नोट’को अक्षर उनकै भएको पुष्टि भएको छ ।
घटनास्थलमा भेटिएको सुसाईड नोटसँग शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले जानकारी दिए ।
मृतक पोखरेलको मंगलबार दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियाे ।


प्रतिक्रिया