धादिङ । कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गको घाटबेसीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला रहेका छन् । १० जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौ ल्याइएको छ भने केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
लु २ ख २१२१ नम्बरको बस आज विहान करीब ५ बजे त्रिशुली नदीमा खसेको हो । बसमा सवार मध्ये ३५ जनाको जीवितै उद्दार गरिएको छ । बस चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि राम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बसमा कति यात्रु सवार थिए भन्नेबारे अझै यकिन नभएको र मृतकहरूको सनाखत नभएको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित उद्धारकर्मी खटिएका छन् ।


प्रतिक्रिया