सुन तस्करी आरोपमा पक्राउ परेका दीपेश पुनलाई म्याद थपका लागि बुटवल लगियो

सुन तस्करी आरोपमा पक्राउ परेका दीपेश पुनलाई म्याद थपका लागि बुटवल लगियो


ग्लोब नेपाल
189
Shares

काठमाडौं । पूर्वउपराष्टपति नन्दबहादुर पुनका छोरा दीपेशलाई म्याद थपका लागि बुटवल लगिएको छ । सहकारी ठगी तथा सुन तस्करी प्रकरणमा जोडिएका दीपेश हिजो साँझ पक्राउ परेका हुन् ।

६० किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा उनी मुछिएका छन् ।

बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् । उनी माओवादी केन्द्रका विशेष प्रदेश कमिटीका सदस्य तथा अखिल क्रान्तिकारीका महासचिव हुन् ।