सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ  । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ । 

३०५ धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ०३६ रुपैयाँमा किनबेच भएको छ । आज तीन उपसमूहको समूहगत सूचक बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन गोर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपालको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ ।