धनगढी । सुदूरपश्चिममा सोमबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए ।
उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।
प्रतिक्रिया