नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले बरोडाविरुद्ध १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार भारतको वापीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको हो ।

नेपालका लागि कुशल मल्लले अविजित ४० रन, कुशल भुर्तेल र आसिफ सेखले ९/९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ र दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक/एक विकेट लिएका थिए ।