सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ७५ वटा घर जलेका छन् ।
स्थानीय शत्रुघन राउतको घरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालस सर्लाहीले जनाएकाे छ ।
आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो । आगोमा झुल्सिएका कयौँ घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो ।
आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ ।
ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको प्रहरीले बताएकाे छ । समयमा आगो निभाउन दमकल नपुगेका कारण बढी क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया