काठमाडौँ । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबिच चार बुँदे सहमति भएको छ ।
सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन् । अब प्रधानमन्त्रीलाई सहमतिको दस्तावेज पेस गरिने उनले बताए ।
समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने गरी कार्यादेशमा सहमति भएको छ । समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदे सहमति भएको हाे ।


प्रतिक्रिया