काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।
सोमबार संसद् बैठकबाट निस्किँदा परिसरमा सञ्चारकर्मीहरुले गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ भनी प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिएर अरु कुनै टिप्पणी नगरि हिडेका हुन् ।
सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेनले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए । उनले ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनसमेत आग्रह गरेका थिए ।


प्रतिक्रिया