सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको छ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे निर्णय गर्नसक्ने बताइएको छ ।

भारतमा सम्पन्न चुनावपछि भाजपा नेता नरेन्द्र मोदी पुन प्रधानमन्त्री बन्ने र उनको शपथका दिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा आएकाले प्रधानमन्त्री आइतबार भारतको नयाँदिल्ली जाने तयारीमा छन् ।