काठमाडौं । स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश आइपुग्नुहुदै हुनुहुन्छ । स्वदेश फर्कने क्रममा मंगलबार साँझ राष्ट्रपति पौडेल वर्लिनबाट कतारको दोहाका लागि प्रस्थान गरेका छन् ।
स्वदेशका लागि प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेलले जर्मनीको पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । मंगलबार नै उनले वर्लिनस्थित नेपाली राजदूतावासको पनि निरिक्षण गरे । त्यसक्रममा राष्ट्रपति पौडेलले नेपालमा जर्मनीको लगानी भित्र्याउन दूतावासले मेहनत गर्नुपर्न आावश्यकता औल्याएका थिए ।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल स्विट्जरल्याण्डबाट शनिबार राति जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टीनमेयरबीच हिजो जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो ।


प्रतिक्रिया