काठमाडौं । संसद भवनको सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जवानले आफैलाई गोली चलाएका छन् ।
संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली चलाएका हुन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए ।
उनी बिहान ८:१५ बजे शौचालया मृत भेटिएको एसपी अधिकारीले जानकारी दिए ।
मृतक गोले दोलखाको मेलुङ गाउँपालिका-४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उनले गोली हानेर आत्महत्या गरेको बताए ।
प्रतिक्रिया