काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८३ अंकले घटेर २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ ।
आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
आज मनकामना लघुवित्त कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मुक्तिनाथ कृषि कम्पनीको शेयर भने ७ प्रतिशतले बढेको छ ।
आज ३ सय २० वटा कम्पनीका ९१ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १२ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
प्रतिक्रिया