पहिरोले जताततै सडक बन्द, कहाँ-कहाँ रोकिए सडक ? (सूचीसहित)

पहिरोले जताततै सडक बन्द, कहाँ-कहाँ रोकिए सडक ? (सूचीसहित)


ग्लोब नेपाल
2.4k
Shares

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ ।

पाल्पाको शेरामा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग र सल्यानको कपुरकोटमा पहिरो जाँदा राप्ती राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन हुन सकेको छैन। पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक शनिबार बिहानैदेखि अवरुद्ध छ।

शनिबार बिहानदेखि मात्रै पाँच वटा राजमार्ग अवरुद्ध छन्। धैरेनीमा सडक अवरुद्ध हुँदा मेची राजमार्ग,प्यूठानको सिमलचौरमा सडक अवरुद्ध हुँदा भालुवाङ-लिवाङ-रोल्पा सडक, म्याग्दीको तातोपानीमा सडक अवरुद्ध हुँदा तानसेन-रिडी-कोरला राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन।

सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ ।