बाढी पहिरोका कारण २७ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध

बाढी पहिरोका कारण २७ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध



काठमाडौँ । शुक्रबार बेलुकीदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध छन् ।

नेपाल प्रहरीले आइतबार बिहान ११ बजेसम्म देशभरका ४४ वटा राजमार्गमा अवरूद्ध रहेको जानकारी दिएको छ । १७ वटा राजमार्गमा सवारीसाधनहरू एक तर्फी सञ्चालनमा छन् ।

२७ वटा राजमार्ग भने पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ । पाँच वटा राजमार्ग भने वर्षाभरि खुल्न नसक्ने अवस्थामा नरहेको सूचनामा उल्लेख छ ।

प्युठानको नौबहिनी गाउँपालिका-१ मा पहिरो जाँदा स्याउली-बाग्दुला अवरूद्ध छ । माण्डबी गाउँपालिका-१ म पहिरो जाँदा भालुवाङ-दाङ-प्यूठान सडक अवरूद्ध छ ।

गुल्मीमा रिडी-बाग्लुङ सडक अवरूद्ध छ । कालीगण्डकी गाउँपालिका-३ को पहिरोले कालीगण्डकी करिडोर पूर्ण अवरूद्ध छ । त्यस्तै गुल्मीमै मदन भण्डारी राजमार्ग र रिडी बाग्लुङ सडक पूर्ण अवरूद्ध छ ।

अर्घाखाँचीमा गोरूसिंगे-सन्धीखर्क सडक, पाल्पा अरघाखाँची सडक पूर्ण अवरूद्ध छ । शहीद राजमार्ग रोल्पामा अवरूद्ध छ ।

त्यस्तै कर्णाली राजमार्ग कालीकोटमा, जयपृथ्वी राजमार्ग बैतडीमा पूर्ण अवरूद्ध छ । कतिपय स्थानमा बाढी र पहिरोले भौतिकसँगै मानवीय क्षति समेत भएको छ ।

ललितपुरको बागमती गाउँपालिका-३ मा पहिरोका कारण कान्ति लोकपथ सडकखण्ड अवरूद्ध छ ।

अवरूद्ध रहेको सडकको सूची :