पशुपति मन्दिर परिसरमा क्यान्डिड स्टुडियोले गर्यो वृक्षारोपण

पशुपति मन्दिर परिसरमा क्यान्डिड स्टुडियोले गर्यो वृक्षारोपण



हेटौंडा । हेटौंडा–७ न्युरेनी स्थित पशुपति मन्दिरकाे परिसरमा ‘द क्यान्डिड स्टुडियो’ले वृक्षारोपण गरेको छ । स्टुडियोले मन्दिर परिसरमा १ सय ५० वटा विरुवा रोपिएको हो ।

बेल, अमला, कागती, तेजपात, पारिजात, जामुन सहित १३ थरिका १ सय ५० वटा विरुवा रोपिएको स्टुडियोका सञ्चालक ओम प्रसाद फुयालले जानकारी दिए ।

कार्यक्रममा स्टुडियोका कर्मचारी, फरेष्ट्रि क्याम्पसका विद्यार्थी, रोटर्‍याक्ट क्लब अफ मकवानपुर र स्थानीयहरुकाे सहभागितामा वृक्षारोपण गरिएको थियो । वृक्षारोपणको लागि मन्दिर परिसरलाई नै छनोट गरेकोमा स्टुडियोलाई धन्यवाद दिँदै उक्त विरुवाहरु हुर्काउने सम्पूर्ण स्थानीयबासीको कर्तव्य रहको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरेले बताए ।

कार्यक्रममा न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश कार्की, संगालो टोल विकास संस्थाको अध्यक्ष रोम प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो । बदलिँदो जलवायु परिवर्तनलाई मध्यनजर गर्दै यो वर्ष १ हजार वटा विरुवा रोप्ने लक्ष्य लिएर वृक्षारोपण सुरुवात गरिएको सञ्चालक फुयालले बताए ।