गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ

गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ


ग्लोब नेपाल
270
Shares

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन् । प्रहरीले बुढानीलकण्ठ–१० कपनबाट घलेसहित १० जनालाई शनिबार राति जुवाखालबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जुवाडे समूहको साथबाट १ लाख ३५ हजार नगद र ६ बुक तास बरामद जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ । घले सात वर्षअघि मानव तस्करी मुद्धामा पनि पक्राउ परेका थिए ।

उनी २०७९ वैशाख अन्तिम साता सम्पन्न निर्वाचनमा काँग्रेसबाट निर्वाचित भएका थिए ।