बागमतिमा कांग्रेसबाट को–को बन्दैछन मन्त्री

बागमतिमा कांग्रेसबाट को–को बन्दैछन मन्त्री


ग्लोब नेपाल
324
Shares

काठमाडौं । बागमति प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामाले आज सपथ लिएपछि मन्त्रिपरिषद् विस्तार गर्दैछन् । एमालेले ६ वटा र कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय लिने सहमति भइसकेको छ ।

काग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको छ ।

कांग्रेसले उर्मिला नेपाल, हरिप्रभा खड्गी, कुन्दनराज काफ्ले, मीनकृष्ण महर्जन, प्रभात तामाङ, श्याम खड्कालगायत मन्त्री बन्ने चर्चा छ । पुरानाबाट तीर्थ लामा र रामकृष्ण चित्रकारको नाम पनि मन्त्री बन्ने सूचिमा छ ।