काठमाडौं । नेकपा एमालले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ ।
एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको छ ।
प्रकाश श्रेष्ठ यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए ।
बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।
निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री सहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिनेछ । मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाले आज दाबी पेश गर्ने र प्रदेश प्रमुखले आजै नियुक्त गर्ने तयारी छ ।
प्रतिक्रिया