धादिङमा ३ वटा चितुवा मृत फेला

धादिङमा ३ वटा चितुवा मृत फेला


ग्लोब नेपाल
162
Shares

मलेखु । धादिङको थाक्रे गाउँपालिका-१० गढीमा ३ वटा चितुवा मृत फेला परेको छ । गढीस्थित अदुवाबारीमा २ वटा र मकैबारी एउटा चितुवा मृत अवस्थामा भेटिएको हो ।

घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए ।

मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ । थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।