कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन भने कायमै

कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन भने कायमै



विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । माओवादीका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । १७ असारमा केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन ।

मुख्यमन्त्री हिक्मत कार्कीकै आग्रहमा अहिलेसम्म सरकारमा रहेकाे माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोले बताएका छन् । मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन नसक्ने बताएपछि सरकार छाडेको उनको भनाइ छ । समर्थन फिर्ताको विषयमा भने संसद सुरु भएपछि निर्णय गर्ने उनले बताए ।

उनले भने ‘सरकारलाई दिएको समर्थन पनि हामी चाँडै फिर्ता लिन्छौं। प्रदेशमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं ।’

एमाले संसदीय दल नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते सरकार गठन भएको थियो ।

माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन् ।

कोशीमा अब एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुनेछ ।