बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले साउन १५ गते मंगलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार साउन १५ गते मंगलबार दिउँसो ३ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहेएका मुख्यमन्त्री लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री लामाले १३ मन्त्रालय रहेको बागमती प्रदेशमा एक जना बिना विभागीयसहित १४ जना मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त हुँदा लामा कांग्रेस र नेकपा एमालेका गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थन थियो ।