क्यालिफोर्नियामा भिषण डडेलो, आपतकालीन अवस्था घोषणा

क्यालिफोर्नियामा भिषण डडेलो, आपतकालीन अवस्था घोषणा



क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा भिषण आगलागी भएको कारण गभर्नर गेभिन न्यूजमले शुक्रबार आपतकालीन अवस्था घोषणा गरेका छन् ।

उत्तरी क्यालिफोर्निया निकुञ्जमा लागेको आगलागी यस वर्ष राज्यमा सबैभन्दा ठूलो हो । उत्तरी क्यालिफोर्नियामा निकुञ्जमा आगो अब ३०७,००० एकड भन्दा बढी जलेको र बिस्फोट भएको छ ।

जंगलको आगो पश्चिम तर्फ विस्फोट भइरहेको एबिसीन्यूजले जनाएको छ । राज्यमा भएका धेरै डडेलोहरूमध्ये यो सबैभन्दा ठूलो निकुञ्जमा भएको आगलागी हो ।

कम्तिमा १३४ वटा संरचनाहरू आगोबाट नष्ट भएका छन् । जुन केही दिनमा क्यालिफोर्नियाको इतिहासमा अभिलेख गरिएको ७ औं सबैभन्दा ठूलो आगोको रूपमा बढेको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले निकुञ्ज आगलागीका कारण बट तथा र तेहामा नामाक काउन्टीहरूका साथै प्लुमास काउन्टी, गोल्ड कम्प्लेक्स (भवन)आगलागीका कारण संयुक्त रूपमा ४२४ ,००० एकड भन्दा बढी जलेको कारण आपतकालीन अवस्था घोषणा गरेका छन् ।