सम्पादक रोशन राउतलाई मातृशोक

सम्पादक रोशन राउतलाई मातृशोक


ग्लोब नेपाल
270
Shares

उदयपुर । ई–आर्थिक डटकमका प्रधान सम्पादक, बजार पत्रिकाका प्रकाशक तथा आर्थिक दैनिकका पुर्व प्रबन्ध निर्देशक रोशन राउतलाई मातृशोक परेको छ । सम्पादकका आमा पवित्र माया राउतको ८९ बर्षको उमेरमा गएराती निधन भएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका १० हडियास्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारका सदस्यले जानकारी दियो । हिन्दु परम्परा अनुसार मंगलबार स्थानीय त्रियुगा नदिमा रहेको घाटमा उनको अन्त्यष्टि गरिएको छ । ८९ बर्षिय स्व. राउत लामो समयदेखि प्रेसर र मुटुको रोगबाट पीडित थिइन् ।

उनका ९२ बर्षिय बयोवृद्ध श्रीमान, चार छोरा र पाँच छोरी छन् । जसमध्ये दुई छोरा र एक छोरीको यसअघि नै निधन भइसकेको छ ।