काठमाडौं । काठमाडौंकाे सिनामंगलस्थित झर्ना गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन् ।
शुक्रबार गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
शुक्रबार मध्याह्न १२ बजे होटलको मान्छे खाना खाने/नखाने भनेर बुझ्न पुगेका थिए । तर लामो समयसम्म पनि ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।
ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन् । उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए ।
मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएकाे छ ।
प्रतिक्रिया